प्रहरीको गोली लागेर एकको मृत्यु, ९ घाइते, आगजनी र तोडफोड
barnanmedia.com · Sun Jul 26 22:00:54 GMT 2026

दुई समूहबीचको विवाद उग्र बन्दै गएपछि सुनसरीको कप्तानगन्ज क्षेत्र आइतबार रातिदेखि तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने कम्तीमा ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार राति करिब १०:१५ बजेदेखि दुई समूहबीचको विवाद हिंसात्मक बनेपछि अवस्था नियन्त्रणबाहिर गएको थियो। सुरुमा सुरक्षाकर्मीले लाठीचार्ज, अश्रुग्यास प्रहार तथा हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)