बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
barnanmedia.com · Sun Jul 26 22:28:37 GMT 2026

बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ । संविधानअनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन गर्नेछ कानुनमन्त्री मो. असादुज्जामानले शनिबार ढाकामा पत्रकारहरूसँग बताए ।
उनले भने, “संसद्को दोस्रो अधिवेशन जुलाई १५ मा समाप्त भएको थियो। तेस्रो अधिवेशन दुई महिनाभित्र, अर्थात् सेप्टेम्बर १४ सम्म बोलाउनुपर्छ ।” संसद् सचिवालयले शुक्रबार मिडियालाई पुष्टि गरेको छ कि सभामुख हाफिज उद्दिन अहमदले मोहम्मद शहाबुद्दिन चुप्पुको राजीनामापछि संविधानअनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)