लिभरपुलले जित निकाल्दा डिफेन्डर गोमेज घाईते
kendrabindu.com · Mon Jul 27 00:28:32 GMT 2026
नासभिल । प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा खेलेको पहिलो खेलमा लिभरपुलले आइतबार अर्को इंग्लिस प्रिमियर लिग क्लब सन्डरल्यान्डलाई ४–२ ले हराएको छ । तर यो जित लिभरपुलका लागि महँगो सावित भएको छ र डिफेन्डर जोए गोमेज खेलको सुरुमै चोट बोक्दै मैदान छाड्न बाध्य रहे ।
खेलको दसौं मिनेटमा २९ वर्षीय गोमेज घाइते भएका थिए । यस जितमा लिभरपुलका लागि किरन मोरिसन, डोमिनिक सबोसलाई, फेडरिको चिएसा र लुइस कोमसले एक–एक गोल गरे । खेलपछि इराओलाले भने, ‘आज पहिलो खेल खेलेका छौं, टिममा सच्याउनुपर्ने अझै धेरै छन् । खेलाडीले भर्खर प्रशिक्षण सुरु गरेका छन् । त्यसैले टिमको प्रदर्शनमा कमजोरी रहनेछ । तर विजयी सुरुआत जहिले पनि राम्रो हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)