सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह
nepalviews.com · Mon Jul 27 00:28:16 GMT 2026

काठमाडौं । देशमा अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने तराई भू-भागमा आंशिक बदली छ। यतिबेला कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशको हिमाली र पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बदली हुनेछ। आज देशका हिमाली भू-भागका केही र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित वर्षा हुन सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)