दिल्लीमा परराष्ट्रमन्त्री खनालले 'हामीसँग विगतको बोझ छैन' भनेर के सन्देश दिन चाहेका हुन् ?
shilapatra.com · Sun Jun 07 07:26:33 GMT 2026

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुराकानी भने– ‘हामी विगतका कुनै पनि बोझबाट पूर्ण रूपमा मुक्त छौँ ।’ खनालले सार्वजनिक रूपमा यो कुरा जसरी भनेका छन्, त्यही रूपमा भारतीय समकक्षी एस.जयशंकरसँग पनि राखेका छन् । अर्थात्, सार्वजनिक खपतका लागि मात्र होइन, समकक्षीसँग पनि सहजै दोहोर्याएका छन्– हामी विगतका कुनै पनि बोझबाट पूर्ण रूपमा मुक्त छौँ ।
परराष्ट्रमन्त्री खनालभन्दा दुईदिनअघि मात्रै उनकै पार्टी रास्वपाका सभापति रवि लामिछानेले पनि विदेशमन्त्री एस.जयशंकरसँग भेट गरेका थिए । त्यतिबेला लामिछानेले यो कुरा राखे कि राखेनन् प्रस्ट छैन । तर भ्रमणको दोस्रो दिन राजनीतिक भेट सुरु गर्नुअघि भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको लेखमा सभापति लामिछानेले त्यही कुरा लेखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)