भलिबल लिग अक्सन: चिरञ्जीवी र सनोजमा सबैको रुचि
nagariknews.nagariknetwork.com · Mon Jul 27 00:45:58 GMT 2026
मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भलिबल लिग (एनभिएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेका छन्।
केडिया ग्रुपको आयोजनामा पहिलोपल्ट नेपालमा हुन लागेको पुरुषतर्फ फ्रेन्चाइज भलिबल लिगको अक्सनमा चिरञ्जीवी र सनोज ६ वटै फ्रेन्चाइज टोलीको रोजाइमा परेका हुन्। ललितपुरस्थित होटल टुलिफमा आइतबार भएको अक्सनमा क्याटगोरी ‘ए’ का चिरञ्जीवीलाई काठमाडौं रेड्समा र सनोज कर्णाली शिभराजमा लक्की ‘ड्र’ मार्फत पुगे। कुल ५४ जना रहेको क्याटगोरी ‘ए’ को खेलाडीका लागि न्युनतम एक लाख र अधिकतम एक लाख २० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको थियो। एनभिएलका ६ वटा फ्रेन्चाइज टोली कर्णाली र काठमाडौंसँगै सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, अन्नपूर्ण स्पाइकर किङ्स र खप्तड फाल्कन्सले अक्सनमा चिरञ्जीवी र सनोजका लागि प्रतिस्पर्धा गरेका थिए। हरेक टोलीले अक्सनबाट समान सात खेलाडी आफ्नो टिममा अनुबन्ध गर्नु पर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)