सुनसरीको देवानगञ्जमा झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु, १६ जना घाइते
nepalnews.com · Mon Jul 27 01:04:10 GMT 2026
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका स्थानीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)