गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
nagariknews.nagariknetwork.com · Mon Jul 27 01:21:50 GMT 2026

'...सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन्। यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ। झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन। त्यसैले सरसफाइ अभियानमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ', यही साउन ४ गते दिउँसो ३ः२० बजे विश्वविद्यालयका उपकुलपति डा सुनिलकुमार जोशीले सामाजिक सञ्जालमा लेखे।
त्यसको भोलिपल्ट बिहान सबेरैदेखि झाडु बोकेर सयौँ नागरिक त्यहाँ पुग्न थाले। त्यसयता दैनिकजसो सयौँ विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी, युवा क्लब, सामाजिक अभियन्ता र आमनागरिकले स्वस्फूर्त विश्वविद्यालय परिसर सफाइमा जुटिरहेका छन्। पदाधिकारीको एउटा आह्वानले नागरिकमा देखिएको ऊर्जा र उत्साहले विश्वविद्यालयप्रति यहाँका नागरिकको मोह कतिसम्म छ भन्ने देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)