लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
annapurnapost.com · Sun Jun 07 07:27:15 GMT 2026

रसुवा : गत पुसमा रोपिएका स्याउका बिरुवा फुलेको छ । परीक्षणका लागि रोपिएको स्याउ वातावरण अनुकूलित भएर सप्रिन थालेपछि गाउँले खुशी भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउको परीक्षण सफल भएपछि स्थानीय खुशी भएका हुन् । समुद्र सतहबाट ३,५०० मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो ।
नमुना परीक्षणका लागि यहाँ विभिन्न जातको स्याउ रोपेको र परीक्षण सफल भएको स्थानीय फिन्जो तामाङले बताए । ‘एक–दुई वटा बोट पहिले रोपिएको भए पनि यसरी नयाँ जातको परीक्षण पहिलो पटक गरिएको हो ।’ उनले भने, ‘गत मंसिरमा रेड डेलिसिएस, रोयल डलिसियस र फुजी ४८ वटा स्याउका बिरुवा रोपेको हो । गाउँमा ३ सय बिरुवा रोपिएको थियो ४-५ वटा बिरुवा मरे पनि धेरै जस्तो बिरुवा सप्रेका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)