प्रहरीका ११ कर्मचारी लामो समयदेखि सम्पर्कविहीन
himalpress.com · Mon Jul 27 01:35:09 GMT 2026

सुनसरी- नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। आफूखुसी ड्युटीमा गैरहाजिर रहेका उनीहरूलाई प्रहरी प्रधान कार्यालय, नक्सालले सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना जारी गर्दै कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।
यसअघि खोजतलास गर्दा र कार्यालयमा सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका थिएनन्। प्रहरी प्रधान कार्यालयले ‘तोकिएको समयमा सम्पर्कमा नआए सेवाबाट बर्खास्त गरिने’ चेतावनी दिएको छ। तोकिएको म्यादभित्र स्पष्टीकरणसहित उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम १ को खण्ड च को कसुरमा नियम १०९ को देहाय ख ९१ बमोजिम सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ। सार्वजनिक सूचनामार्फत उनीहरूलाई सफाइको अन्तिम मौका दिइएको प्रधान कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)