पहिरो प्रभावित रिसाङमा फेरि संकट, सडक र खानेपानी दुवै बन्द
barnanmedia.com · Sun Aug 30 06:46:35 GMT 2026

जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा पहिरो प्रभावित क्षेत्रका बासिन्दाले वर्षाका कारण थप समस्या झेल्नुपरेको छ । शनिबार राति परेको वर्षापछि पहिरो खस्दा रिसाङ क्षेत्रमा आवतजावत गर्ने मुख्य बाटो अवरुद्ध भएको छ भने खानेपानीको पाइपलाइनसमेत पहिरोले बगाएपछि स्थानीयवासी र पहिरोपीडित परिवार खानेपानीको समस्यामा परेका छन् ।
रिसाङमा साउन ३० गएको पहिरोबाट १६८ घरधुरीका ८९७ जना विस्थापित भएका थिए । उनीहरूलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राख्ने व्यवस्था गरिएको थियो । रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गरिएको तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)