दनदनी बलिरहेको छ युरोप
ratopati.com · Mon Jul 27 02:12:32 GMT 2026

युरोप अहिले दशकौँयताकै सबैभन्दा भीषण वनडढेलो संकटसँग जुधिरहेको छ। फ्रान्स र स्पेनमा एकपछि अर्को गरी फैलिएको डढेलोले हजारौँ वर्ग किलोमिटर वन क्षेत्रलाई खरानीमा परिणत गरेको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।
अत्यधिक गर्मी, लामो खडेरी, सुक्खा वनस्पति र बदलिँदो हावाको दिशाले आगोलाई नियन्त्रणभन्दा बाहिर पुर्याएको छ। मौसमविद्हरूले आगामी दिनमा तापक्रम अझ बढ्ने र वर्षाको कुनै सम्भावना नरहेको चेतावनी दिएका कारण उद्धारकर्मीहरू अहोरात्र खटिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)