देशभरका मुख्य राजमार्ग अवरुद्ध, कुन प्रदेशमा कस्तो छ सडकको अवस्था ?
nepalviews.com · Mon Jul 27 02:26:21 GMT 2026

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहानसम्मको विवरणअनुसार बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश सडक खण्डहरू बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन्। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाउँदै जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ।
बागमती प्रदेशमा सडक अवरोधको असर सबैभन्दा धेरै देखिएको छ। काभ्रेस्थित बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेशीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै यसै राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुरको कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)