‘स्वीप अप्रेशन’मा पोखराका विभिन्न स्थानबाट ४० जना नियन्त्रणमा
barnanmedia.com · Sun Jun 07 07:33:31 GMT 2026

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा अवैध गतिविधि, गुण्डागर्दी तथा शान्तिसुरक्षामा खलल पुर्याउने कार्य नियन्त्रण गर्न सञ्चालन गरेको ‘स्वीप अप्रेशन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका-१७ दोबिल्लामा मापसे गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)