मध्यराती सुनसरीमा झडप : प्रहरीको गोली लागेर एकको मृत्यु, प्रशासनले लगायो कफ्र्यु
aarthiknews.com

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कफ्र्यु आदेश जारी गरेको छ । घटनामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए । सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भई झडपमा परिणत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)