नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन
annapurnapost.com · Mon Jul 27 02:33:16 GMT 2026

काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालन आजदेखि हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र जाइकाका अध्यक्ष डा. तानाका अकिहिले संयुक्त रूपमा बिहान १०:२५ बजे उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ।
२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न हुनुपर्ने भएपनि कोभिड–१९, मुआब्जा विवादलगायतका कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)