प्राडा अजय रिसालकाे ‘मनका कथा’ लोकार्पण
nagariknews.nagariknetwork.com · Mon Jul 27 02:38:07 GMT 2026

प्राडा अजय रिसालकाे ‘मनका कथा’ पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानमा लोकार्पण भएकाे छ।
भाषाविद् बलदेव अधिकारी ‘गाउँले’को प्रमुख आतिथ्यमा प्रा. नन्दिता शर्मा, डा. अनन्त अधिकारी, लेखक प्राडा अजय रिसाल, प्रकाशक पुष्पराज पौडेलद्वारा लोकार्पण सम्पन्न भयो। किताबमाथि बोल्दै प्रमुख अतिथि बलदेव गाउँलेले किताब सम्पूर्ण घरका लागि उपयोगी र प्रत्येक अभिभावकले पढ्नुपर्ने छ। स्वास्थ्य बिग्रेपछि उपचार गर्नुभन्दा पहिला नै सहज हुन किताब उपयोगी हुने डा. अनन्त अधिकारीले किताबमाथि बोल्दै समग्रमा मानसिक स्वास्थ्यबारे जान्न बुझ्न खोज्ने जिज्ञासुहरूका लागि प्रस्तुत कृति मनका कथा गुणकारी एवं हितकारी ओखती बन्न सक्छ भन्नेमा कुनै सन्देह नभएकाे बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)