भारतीय परीक्षा प्रणाली सुधारका लागि कार्यदल गठन
nepalviews.com · Mon Jul 27 02:51:34 GMT 2026

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशको परीक्षा प्रणाली सुधार्न विशेष कार्यदल गठन गर्ने घोषणा गरेका छन् । यो घोषणा उनको प्रशासनका शिक्षा मन्त्रीले राजीनामा दिएको एक दिनपछि आएको हो । सामाजिक सञ्जालमार्फत सक्रिय कक्रोच जनता पार्टी (सिजेपी) ले राजधानी नयाँ दिल्लीको जन्तर मन्तर स्थलमा हजारौं प्रदर्शनकारी, विशेष गरी विद्यार्थीहरूलाई जम्मा पारेको थियो। यो हालका वर्षहरूमा भारतको सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शनमध्ये एक बनेको थियो।
प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेको भिडियोमा भनेका छन्, “सरकारले परीक्षा प्रणाली सुधारका लागि ‘उच्च शक्तिसम्पन्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको नेतृत्व भारतीय प्रविधि कम्पनी ‘इन्फोसिस’का सह–संस्थापक नन्दन निलेकानीले गर्नुहुनेछ । कार्यदल परीक्षा सुधारमा केन्द्रित हुनेछ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)