सरकारी टोली र गोविन्द केसीका प्रतिनिधिबीच धनगढीमा आज निर्णायक वार्ता हुँदै
onlinekhabar.com · Mon Jul 27 02:50:38 GMT 2026

११ साउन, धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका स्वार्थ प्रेरित पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखेर अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग निर्णायक वार्ताको तयारी भइरहेको छ ।
आइतबार सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेको कार्यकक्षमा १२ घण्टासम्म सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच छलफल चलेको थियो । उनीहरुबीच सम्झौताको मस्यौदासमेत भइसकेको थियो तर केही प्राविधिक कुरा मिलाउनुपर्ने भएका कारण अन्तिम सहमति हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)