फ्रान्सलाई पूर्ण बिदाइ! इब्राहिम ट्राओरेको अर्को साहसी निर्णयले बुर्किना फासोमा उत्साहको लहर
barnanmedia.com · Mon Jul 27 02:48:59 GMT 2026

काठमाडौं । बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरेले फ्रान्ससँगको कूटनीतिक सम्बन्ध औपचारिक रूपमा अन्त्य गर्ने निर्णय लिएपछि देशभर समर्थकहरूमा उत्साह छाएको छ। लामो समयदेखि फ्रान्सको प्रभावबाट पूर्ण रूपमा मुक्त हुने अभियान चलाइरहेका ट्राओरेको यो कदमलाई उनका समर्थकहरूले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।
सरकारले फ्रान्समाथि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा नव–औपनिवेशिक प्रभाव कायम राख्न खोजेको आरोप लगाउँदै सम्बन्ध विच्छेदको घोषणा गरेको हो। यससँगै दुवै देशबीचको कूटनीतिक सम्बन्ध नयाँ मोडमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)