मदनकृष्णलाई छिन्नलता सम्मान, किरण र सारिकासहित ४ पुरस्कृत
newsofnepal.com · Mon Jul 27 03:03:11 GMT 2026

ख्यातिप्राप्त गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को सम्मानमा स्थापित ४४औं छिन्नलता गीत पुरस्कार समारोहमा राजानीमा भव्यताका साथ सम्पन्न भएको छ। समारोहमा ख्यातिप्राप्त अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई छिन्नलता विशेष सम्मान प्रदान गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले अभिनय र गायन क्षेत्रमा पु¥याएको दीर्घकालीन योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन्।
त्यसैगरी, यस वर्षको छिन्नलता गीत पुरस्कारअन्तर्गत संगीततर्फ संगीतकार तथा संगीत संयोजक किरण कँडेल , गायनतर्फ गायिका विमला राई तथा गीत रचनातर्फ गीतकार नवराज लम्साल पुरस्कृत भएका छन्। यस्तै, युवा प्रतिभा पुरस्कारबाट गायिका सारिका घिमिरे सम्मानित भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)