डेढ वर्षमा १२% मात्रै काम, मन्त्रीको अनुगमनपछि ४० करोडको सडक ठेक्का रद्द; निर्माण कम्पनी कालोसूचीमा पर्ने तयारी
barnanmedia.com · Mon Jul 27 03:04:08 GMT 2026

डेढ वर्षमा १२ प्रतिशत मात्रै काम, मन्त्रीको निर्देशनमै ठेक्का तोडियोदोलखा। सडक डिभिजन कार्यालय, दोलखाले किर्ने सडकखण्ड निर्माण आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी जोगिमारा कन्स्ट्रक्सनसँग भएको सम्झौता डेढ वर्ष बित्दासमेत १२ प्रतिशत मात्रै प्रगति भएपछि सम्झौता तोडिएको हो।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले शुक्रबार आयोजनास्थलको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीप्रति असन्तुष्टि जनाउँदै तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालय, खुर्कोटका डिभिजन प्रमुख पारसमणि हमालले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)