सरकार र डा. केसी पक्षबीचको वार्ता ‘सहमतिनजिक’
baahrakhari.com · Mon Jul 27 03:09:13 GMT 2026

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसी पक्षबीच आइतबार (साउन १०) भएको वार्ता सकारात्मक रहेको जनाइएको छ ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा)का रजिस्ट्रारलाई हटाउने विषयमा वार्ता ‘सहमतिनजिक’ पुगेको छ । उपकुलपति डा. सुनिलकुमार जोशीलाई विश्वविद्यालय ऐन संशोधन नभएसम्म यथावत् राख्ने विकल्पमा छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)