वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध
rajdhanidaily.com · Mon Jul 27 03:26:12 GMT 2026

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६: ४० बजेसम्मको प्राप्त विवरण अनुसार धेरै ठाउँमा सडक बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन्।
बागमती प्रदेशमा सडक अवरोधको असर धेरै देखिएको छ। काभ्रेस्थित बीपी राजमार्गको रोशी गाउँपालिका-९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेशीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)