सीएमए संघको प्रदेशस्तरीय भेला सम्पन्न, पेशागत सुनिश्चितताका लागि आन्दोलनको चेतावनी
swasthyakhabar.com · Mon Jul 27 03:32:04 GMT 2026

नवलपरासी- नेपाल सीएमए संघ केन्द्रीय कार्यसमितिको आयोजनामा गण्डकी, लुम्बिनी र बागमती प्रदेशका जिल्ला अध्यक्ष, जिल्ला प्रतिनिधि तथा समन्वय समिति सदस्यहरूको संयुक्त प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सीएमए/अहेव पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित तथा अधिकारको सुनिश्चितता, संगठन सुदृढीकरण तथा वर्तमान नीतिगत अन्योलका विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले संघलाई अझ सशक्त र क्रियाशील बनाउँदै पेशागत अधिकार सुनिश्चित गर्न आवश्यक परे कानुनी, नीतिगत तथा आन्दोलनका सबै स्वरूपमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)