फ्रान्समा रोकिएन डढेलो, थप ५५ हजार मानिसलाई सारियो सुरक्षित स्थान
kendrabindu.com · Mon Jul 27 03:55:24 GMT 2026

काठमाडौं । दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यससँगै उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुने मानिसको सङ्ख्या २ लाख ५० हजारभन्दा बढी पुगेको छ।
आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दोनजिक पुग्दै गरेको अधिकारीहरूले बताएका छन्। बोर्दोस्थित गिरोन्ड क्षेत्रका अधिकारीले सहरको दक्षिण-पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)