अथक, अविचलित
nepalnews.com · Mon Jul 27 04:15:43 GMT 2026

कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबार (७ साउन) बिहान ७० वर्षीय डा. गोविन्द केसी फेरि अनशन बसे। चिकित्सा शिक्षा सुधारको माग बोकेर उनले सुरु गरेको यो २४औँ सत्याग्रह हो। तर, यसपटकको अनशन अघिल्लाभन्दा फरक देखियो। सत्याग्रह सुरु गरेको २४ घण्टा पनि नबित्दै उनको स्वास्थ्यमा समस्या देखियो। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शुक्रबार उनलाई धनगढीकै सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गर्नुपर्यो। अहिले पनि उनी त्यहीँ उपचाररत छन्।
डा. केसीका सहयोगी अमृत जैसीका अनुसार सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति तत्काल खारेज गर्नुपर्ने केसीको मुख्य माग छ। गत ३१ असारमा सरकारले विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. भीमबहादुर चन्दलाई नियुक्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)