एसियाली पारा खेलकुद : रेनुलाई वाइल्ड कार्ड
onlinekhabar.com · Mon Jul 27 04:11:54 GMT 2026
११ साउन, काठमाडौं । पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची नागोयामा अक्टोबर १८ देखि २४ सम्म हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन् । बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउँदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जनाएका छन् ।
रेनु हाल विश्व वरीयतामा २६ औं तथा एसियाली वरीयतामा १३ औं स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षक समेत रहेका तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)