सुनसरीको देवानगञ्जमा दुई दिन शोक बिदा
kendrabindu.com · Mon Jul 27 04:37:37 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिइएको छ । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार (साउन ११–१२) शोक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।
देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार (साउन १०) राति दुई समूहबीचको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको थियो । देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा बिदा दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)