नागढुंगा सुरुङमार्ग निर्माणको समस्यालाई लिएर स्थानीयको प्रदर्शन
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौं । राष्ट्रिय गौरवको नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण सिर्जित विभिन्न समस्याहरूको स्थायी समाधान र विगतका सहमतिहरू कार्यान्वयनको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले शान्तिपूर्ण धर्ना तथा प्रदर्शन गरेका छन्। सुरुङमार्गको उद्घाटन समारोह नजिकिँदै गर्दा स्थानीयवासीहरूले आफ्ना मागहरूप्रति सरकार र आयोजना पक्षको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनका क्रममा स्थानीयले खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता, निर्माणका क्रममा चर्किएका घरहरूको उचित प्राविधिक मूल्याङ्कन र क्षतिपूर्ति, तथा सिस्ने खोला पानी लिफ्टिङ आयोजना कार्यान्वयनको माग गरेका छन्। त्यसैगरी, सुरुङमार्गमा स्थानीय बासिन्दालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रभावित क्षेत्रका जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने र यस क्षेत्रलाई ‘विशेष प्रभावित क्षेत्र’ घोषणा गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ। धर्ना कार्यक्रममा बोल्दै स्थानीय प्रतिनिधिहरूले राज्यले आफूहरूको समस्या समाधानमा तदारुकता नदेखाएको गुनासो गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)