सुनसरी झडपका घाइतेको निःशुल्क उपचार र निष्पक्ष छानबिन गर्न स्वास्थ्य मन्त्री मेहताको पहल
nepalnews.com · Mon Jul 27 05:06:25 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र घटनाको निष्पक्ष छानबिनका लागि पहल थालेकी छन्।
सोमबार जारी गरेको वक्तव्यमा मन्त्री मेहताले घटनामा ज्यान गुमाएका देवानगञ्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले झडपमा परी घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)