प्रदूषणले मस्तिष्कमा पनि खतरा
nagariknews.nagariknetwork.com · Mon Jul 27 04:46:20 GMT 2026

वायु प्रदूषण आज विश्वभरि नै एक जटिल वातावरणीय र जनस्वास्थ्य समस्याको रूपमा देखापरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बाहिरी वायु प्रदूषणले वार्षिक ४२ लाख र घरायसी वायु प्रदूषणले ३८ लाख मानिसहरूको ज्यान लिन्छ। यसले वायु प्रदूषणलाई विश्वव्यापी मृत्युको प्रमुख वातावरणीय कारक बनाएको छ। यसको असर श्वासप्रश्वास, हृदय रोग र क्यान्सरजस्ता गम्भीर स्वास्थ्य समस्यासँग जोडिएको छ। बालबालिका, ज्येष्ठ नागरिक र पहिले नै बिरामी भएकाहरू यसको उच्च जोखिममा छन्।
विकसित राष्ट्रहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगले गर्दा ऐतिहासिक रूपमा विश्वव्यापी वायु प्रदूषणमा ठुलो योगदान पुर्याएका छन्। वर्तमान समयमा चीन र भारतजस्ता ठुला र विकासशील देशहरू पनि ऊर्जाको उच्च माग र औद्योगिकीकरणका कारण प्रमुख प्रदूषक बनेका छन्। यी देशको ऊर्जा खपतको प्रत्यक्ष र अप्रत्यक्ष असर नेपालजस्ता साना राष्ट्रमा पनि परिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)