मिश्रद्धारा भैंसेपाटीस्थित मन्त्री निवासलाई ‘पापी निवास’को संज्ञा, बालमन्दिरलाई दिन सुझाव
corporatenepal.com · Mon Jul 27 05:07:02 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वनेता एवं राजतन्त्र पक्षधर नेता रवीन्द्र मिश्रले ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासहरुलाई ‘पापी निवास’को संज्ञा दिँदै यी निवासहरु बालमन्दिरलाई दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीलाई सुझाव दिएका छन् ।
उनले मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राख्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत मिश्रले भैंसेपाटीमा करिब तीन अर्ब रुपियाँ लागतमा निर्माण गरिएको र हाल करिब ४० करोड रुपियाँ खर्चेर पुनर्निर्माण भइरहेको मन्त्री निवासलाई दक्षिण एशियाकै नमुना बाल आश्रयका रूपमा विकास गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)