एकैदिन ४ प्रतिशतले घट्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
ratopati.com · Mon Jul 27 05:16:44 GMT 2026

न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिका र इरानले दुई सातादेखि जारी सैन्य आक्रमण सप्ताहन्तमा अस्थायी रूपमा रोकेपछि कच्चा तेलको मूल्य सोमबार करिब ४ प्रतिशतले घटेको हो । दुवै देशबीच कूटनीतिक समाधानको सम्भावना बढेसँगै स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानी पुनः सामान्य हुन सक्ने आशाले बजारमा सकारात्मक प्रभाव परेको छ ।
सोमबार बिहान लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजन मा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३ डलर ९६ सेन्टले घटेर ९२ डलर ८२ डलरमा झरेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा ४ दशमलव १ प्रतिशत कम हो । कारोबारको सुरुआती चरणमा यसको मूल्य केही समयका लागि ९० डलरभन्दा तलसम्म आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)