बागमती प्रदेश सरकार गठनका लागि दलहरूले बढाए सक्रियता
shilapatra.com · Mon Jul 27 05:31:00 GMT 2026

बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू छलफलमा जुटेका छन् । यसअघि नेकपा (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू छलफलमा जुटेका हुन् ।
बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन् । नेपाली कांग्रेससँग ३६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग २६, एमालेसँग २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १२, नेपाल मज्दुर किसान पार्टी (नेमकिपा) सँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)