सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
nepallive.com · Mon Jul 27 06:08:02 GMT 2026

काठमाडौं– सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।
समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सुनसरी घटनाबारे आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)