मानव-वन्जन्तु टकराव: पाँच वर्षमा १४६ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Mon Jul 27 06:59:52 GMT 2026

भरतपुर महानरपालिका–२३ स्थित बेलहठ्ठाका २५ वर्षकी आशिका बोटे चार वर्षका छोरासँग सुतिरहेकी थिइन्। गत असार २० गते राति साढे ११ बजे चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती ‘ध्रुवे’ ले सुतिरहेकै अवस्थामा आमाछोराको ज्यान लियो। हात्ती धपाउन आशिकाका पति पूर्णले आगो बाल्दा उनको कच्ची घरमासमेत आगलागीमा पर्यो।
गत माघमा माडी नगरपालिका–२३ का असोक भट्टराई खेतमा हिँडिरहेका थिए। एक्कासि जंगलबाट आएको गैंडाले आक्रमण गर्दा उनको मृत्यु भयो। यो माघ १२ गतेको घटना हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)