ग्रामीण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल के.सी. चयन
arthasansar.com

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. नहकुल के.सी. चयन भएका छन्। संस्थाको सञ्चालक समितिको साउन १० गते बसेको बैठकले सञ्चालक डा. के.सी.लाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।
यसअघि २०८३ असार १४ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन भएको थियो। नवगठित सञ्चालक समितिका सदस्यहरूले साउन १० गते बसेको २३औँ बैठकमा नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधि तथा सञ्चालक प्रेमराज पोखेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)