वाम गठबन्धनलाई बागमतीमा पुगेन २ सिट, साना दलसँग छलफल
annapurnapost.com · Mon Jul 27 07:14:25 GMT 2026

हेटौंडा : एमाले र नेकपा मिल्दा पनि बागमती प्रदेश सरकार बनाउन २ सिट अपुग देखिन्छ। दुई दलले सातवटै प्रदेश सरकारमा सहकार्य गर्ने भन्दै बागमतीको नेतृत्व एमालेले लिने सहमति शनिबार गरेका थिए। तर, बागमतीमा दुई दलको मात्रै सरकार बन्ने स्थिति छैन।
त्यसैकारण बागमतीमा नयाँ सरकार गठनका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साना दलसँग छलफल सुरु गरेका छन्। यसअघि नेपाली कांग्र्रेस र नेकपा एमालेको सत्ता गठबन्धन थियो। केन्द्रीय राजनीतिको उतारचढावपछि साउन ६ गते एमाले सरकारबाट बाहिरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)