पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि अवरुद्ध
nepalviews.com · Mon Jul 27 08:05:45 GMT 2026

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा गएको पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि निरन्तर खसेको पहिरोले यात्रुवाहक बस, मालवाहक सवारीसाधन तथा सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
करिब ५० मिटर चौडाइ र १०० मिटर लम्बाई क्षेत्रमा पहिरो खसेपछि सडक सञ्चालनमा कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । जेसीबीमार्फत पहिरो पन्छाउने प्रयास भइरहे पनि माथिबाट लगातार पहिरो खसिरहेकाले काम प्रभावित भएको छ । अवस्था नियन्त्रणमा लिन थप जेसीबी र जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)