तीन बुँदे सहमतिले असन्तुष्ट बनेका माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड
ratopati.com · Mon Jul 27 08:13:03 GMT 2026

काठमाडौँ । नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबिच भएको ३ बुँदे समझदारीप्रति पाल असन्तुष्ट रहेकाले उनलाई फकाउने उद्देश्यले प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ ।
शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबिच पाँच वटा प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँट गर्ने गरी भएको ३ बुँदे सहमतिप्रति नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । उक्त सहमति 'सत्ता केन्द्रित' मात्र भएको र नीतिगत स्पष्टता नभएको नेपालको धारणा रहँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)