बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितले गरे प्रदर्शन
annapurnapost.com · Mon Jul 27 08:13:16 GMT 2026

काठमाडौं :सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतिघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले पीडितलाई न्याय दिइयोस्,सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्,छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)