भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित
barnanmedia.com · Mon Jul 27 08:07:35 GMT 2026

सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र पूजाआजा सहज र व्यवस्थित बनाइएको छ ।
साउनको पहिलो सोमबारमा देखिएका केही व्यवस्थापकीय कमजोरी सुधार गरिएकाले श्रद्धालुले अपेक्षाकृत कम समयमै दर्शन गर्न पाएको जनाएका छन् । भक्तपुरको सिरुटारबाट दर्शनका लागि आउनुभएकी रञ्जना अवस्थीले यसपटक विभिन्न स्थानमा अस्थायी आकाशे पुल निर्माण गरी दर्शनार्थीको आवतजावत व्यवस्थित बनाइएको पाइएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)