लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
ratopati.com · Mon Jul 27 08:58:18 GMT 2026

काठमाडौँ । लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विज्ञापन खोल्न वा पदपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेर सरकारले आयोगको स्वायत्ततामा हस्तक्षेप गरको भन्दै युवाहरुले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । लोकसेवा आयोगको स्वायत्ततामा अंकुश लगाउने सचिवस्तरीय निर्णय तत्काल खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)