सुनौलो आकाशबेलीको रोचक आत्मकथा
nepalpress.com · Mon Jul 27 09:04:01 GMT 2026

धेरैले मलाई देखे पनि कमैले ध्यान दिन्छन् । म सडकको किनारा, झाडी, सार्वजनिक स्थल र प्रशस्त घाम लाग्ने क्षेत्रमा भेटिन्छु । विशेषगरी नीलकाँडा, बयर, धँगेरो, भीमसेनपाती, समी र कागतीका हाँगाहरूमा जेलिएको सुनौलो धागो जस्तै देखिन्छु । समीका हाँगाहरूमा हावासँगै झुल्न पाउँदा मेरो सुन्दरता पनि खुलेको जस्तो महसुस हुन्छ ।
कसैले मलाई राम्रो देख्लान् त कसैले बेवास्ता पनि गर्लान् । तर, म प्रकृतिसँग सङ्घर्ष गरेर अहिलेसम्म अस्तित्वमा छु । पृथ्वी र जीव दुवै गतिशील र अन्तरसम्बन्धित भएकाले दुवैको उत्पत्ति र विकासक्रमको घर्षणमा मैले आफ्नो अनुकूलन क्षमताको विकासबाट अस्तित्व जोगाएको छु । बाँच्न सजिलो कहाँ छ र ! ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)