मिटरब्याजपीडितहरूद्वारा उच्च अदालतको गेटमा प्रदर्शन
shilapatra.com · Mon Jul 27 09:16:30 GMT 2026

मिटरब्याजपीडितहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै सोमबार उच्च अदालत जनकपुरधामको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गरेका छन् । हातमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका पीडितहरूले वर्षौंदेखि न्यायको खोजीमा भौतारिनुपरेको गुनासो गर्दै मिटरब्याजीलाई राजनीतिक तथा प्रशासनिक संरक्षणका कारण कारबाही हुन नसकेको आरोप लगाए ।
उनीहरूले पीडितलाई न्याय र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकार तथा न्यायालयसँग माग गरेका छन् ।मिटरब्याजका कारण धेरै परिवारको घरजग्गा गुमेको, आर्थिक रूपमा तहसनहस भएको र कतिपय पीडित आत्महत्यासमेत गर्न बाध्य भएको दाबी गर्दै दोषीलाई उन्मुक्ति दिन नहुने प्रदर्शनकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)