सरकारले बचत फिर्ता गर्न असफल भएपछि सहकारी पीडितहरु ओर्लिए सडकमा
corporatenepal.com · Mon Jul 27 09:25:53 GMT 2026

काठमाडौं । लामो समयदेखि बचत गरेको रकम फिर्ता गर्न सरकार असफल भएपछि सहकारी पीडितहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सरकारले बचत फिर्ता गर्ने आश्वासनसँगै निकै प्रचारप्रसार गरे पनि नजिता भने नगन्य मात्रै देखिएको भन्दै पीडितहरु विरोध प्रदर्शनमा उत्रिन बाध्य भएका हुन् ।
आश्वासन होइन अब न्याय चाहिन्छ ‘ए सरकार कि त मारिदेउ, कि त खोला तारिदेऊ भन्दै सहकारी पीडितहरु पुनः आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बचतकर्ताले राजधानीमा र्यालीसाहित प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)