बंगलादेशी आँपको स्वाद काठमाडौंमा : दुई देशबीच कृषि व्यापार र ‘म्याङ्गो डिप्लोमेसी’ प्रवर्द्धन
nepalpress.com · Mon Jul 27 09:33:50 GMT 2026

काठमाडौ । नेपालका लागि बंगलादेशी दूतावासले काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ नामक विशेष आँप महोत्सव आयोजना गर्दै बंगलादेशका विभिन्न प्रजातिका आँप, आँपजन्य परिकार तथा कृषि प्रविधिको प्रदर्शन गरेको छ।
उत्सव कुञ्ज ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत एमडी सफिकुर रहमान, सार्कका महासचिव एमडी गोलाम सरवार तथा परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी लगायत कूटनीतिक नियोग, सरकारी अधिकारी, व्यवसायी, आयातकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)