कङ्गोमा इबोला सङ्क्रमितको संख्या तीन हजार नाघ्यो
canadanepal.com · Mon Jul 27 09:31:42 GMT 2026

किन्शासा - डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला भाइरसको १७औँ प्रकोप तीव्र रूपमा फैलिँदै गएको छ। सरकारी तथ्याङ्कअनुसार सङ्क्रमितको संख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको संख्या एक हजार ३५४ पुगेको छ। पछिल्लो १० दिनमै थप एक हजार नयाँ सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्।
गत मे १५ मा घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेन का कारण फैलिएको हो। यो स्ट्रेनका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन। जुलाई १५ सम्म सङ्क्रमितको संख्या दुई हजार पुगेको थियो भने अहिले पाँच प्रान्तमा फैलिएको प्रकोपबाट कुल तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)