नेप्सेमा दोहोरो अंकको गिरावट
kalakarmi.com · Mon Jul 27 09:53:11 GMT 2026

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । लगानीकर्ताको बिक्री चाप बढेसँगै नेप्से परिसूचक ३३.२८ अंकले घट्दै २,७०१.३२ बिन्दुमा झरेको हो।
आज ३६० वटा सूचीकृत कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ रुपैयाँ पुगेको छ। कारोबार रकम उल्लेखनीय रहे पनि बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र बजार राताम्मे बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)